कूटनीतिक आचरण प्रधानमन्त्रीदेखि सार्वजनिक व्यक्ति सबैलाई लाग्छ: परराष्ट्रमन्त्री खनाल
काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक आचारसंहिता पालनामा जोड दिँदै परराष्ट्र सम्बन्ध र कूटनीतिक आचरणलाई व्यवस्थित गर्नेतर्फ वर्तमान सरकार क्रियाशील रहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर नगरपालिका–१० ले शनिबार मनमैजुमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खनालले कूटनीतिक आचरणमा प्रधानमन्त्री, मन्त्री र सार्वजनिक पद धारणा गरेका व्यक्ति सबैलाई समान रूपमा लागू गर्न आफू लागिपरेको बताएका हुन्।
‘प्रधानमन्त्री, मन्त्रीलगायत सबैलाई कूटनीतिक आचरण समान रूपमा लागू गर्नका लागि हामीले तालिमको व्यवस्था गरेका छौँ,उनले भने, ‘कूटनीतिक नियम सबैले पालना गर्नुपर्छ।
सरकारले सुशासन र आर्थिक समृद्धिको पक्षमा काम गरिरहेको पनि उनले दाबी गरे। रास्वपाको वाचापत्रअनुसार भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएर सरकार अगाडि बढिरहेको उनको भनाइ थियो।
