वास्तविक सुकुम्बासीको दीर्घकालीन व्यवस्थापन गर्न सरकारसँग संयोजक गजुरेलको अपिल
काठमाडौं। कम्युनिस्ट समाजवादी पार्टीका संयोजक हरिकृष्ण गजुरेलले वास्तविक सुकुम्बासीहरुको दीर्घकालीन व्यवस्थापनका लागि सरकारसँग गम्भीर ध्यानाकर्षण गराएका छन्।
गजुरेलले सामाजिक सञ्जालमा लेख्दै “वास्तविक सुकुम्बासीहरुलाई उचित रूपमा दीर्घकालीन व्यवस्थापनको निम्ति सरकार समक्ष हार्दिक अपिल गर्दछु” भन्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
संयोजक गजुरेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वास्तविक सुकुम्बासीलाई पहिचान गरी व्यवस्थित बसोबासको अधिकार सुनिश्चित गर्न आवश्यक नीति तथा कार्यक्रम ल्याउन सरकारसमक्ष अपिल गरेका हुन्।
उनले सुकुम्बासी समस्या वर्षौंदेखि जटिल बन्दै गएको उल्लेख गर्दै यसलाई अस्थायी होइन,दीर्घकालीन समाधानमार्फत सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।
उनका अनुसार सुकुम्बासी समस्या समाधानका नाममा विगतमा विभिन्न प्रयास भए पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा वास्तविक पीडितहरु अझै पनि आधारभूत अधिकारबाट वञ्चित हुनुपरेको अवस्था छ।
गजुरेलले भूमिहीन र सुकुम्बासी नागरिकको यथार्थ तथ्यांक संकलन गरी पारदर्शी र न्यायोचित ढंगले व्यवस्थापन प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेका छन्।
