नारायणदत्त पौडेल सशस्त्रको महानिरीक्षक नियुक्त
काठमाडौं। सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेल नियुक्त भएका छन् ।
अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आईजीपी बनाउने निर्णय गरेको हो। उनी देशको १३ औँ आइजीपी प्रमुख बनेका हुन्।
हालका आईजीपी राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी यही १८ वैशाखमा अवकाश लिँदैछन् । उनी अवकाशमा जाने भएपछि सरकारले पौडेललाई आईजीपी बनाउने निर्णय गरेको हो।
सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकस्थित मानव स्रोत विभागका प्रमुख रहेका पौडेलले वैशाख १९ देखि कमाण्ड सम्हाल्ने छन्।

