एमालेको टिप्पणी-सरकारले ल्याएको नीति तथा कार्यक्रम ‘शब्दजालको भण्डार’

काठमाडौं । नेकपा एमालेले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई शब्दजालको भण्डारको संज्ञा दिएको छ ।

संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद गुरु बरालले रास्वपा नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रममा नयाँ केही कुरा नआएको प्रतिक्रिया दिए।

उनले भने, ‘यसको कुनै गन्तव्य छैन, कुनै दिशा लिएको छैन । यो नितान्त परम्परावादी छ । पुराना राजनीतिक दलहरूले ल्याएकालाई नै नयाँ भाषामा ढालिएको छ।

आज सरकारका तर्फबाट संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए।