अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ । आजको बसेको प्रतिनिधि सभा बैठकको बोल्दै पूर्वअर्थमन्त्री समेत रहेका पुनले संसद्लाई हेप्ने गरी वाग्लेले अभिव्यक्ति दिएको भन्दै छानबिनको माग गरेका हुन् ।
पुराना दलले ६७ वटा हेरफेर गरेकोमा मैले ७ वटामा हेरफेर गरेँ भन्ने हिसाबले मन्त्री वाग्लेले बोलेको भन्दै आपत्ति जनाएका हुन् । यो विषय उठाउने सांसदहरूलाई मन्त्री वाग्लेले पुराना काण्डको फाइल खोल्ने धम्की दिएको भन्दै यो आपत्तिजनक भएको बताए ।
पूर्वअर्थमन्त्री पुनले यो विषय आजको लेखा समिति बैठकमा पनि उठाएका थिए । उनले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले हेप्ने गरी बोलेको भनेर ध्यानाकर्षण गराएका थिए ।
