कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक नगरेकाहरू भेला हुँदै
काठमाडौं । नेपाली कांग्रेसबको इतरपक्षले काठमाडौंमा आज भेला आह्वान गरेको छ । काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा भेला बोलाएको कांग्रेस युवा नेता भुपेन्द्रजङ शाहीले बताए।
शाहीका अनुसार भेलामा क्रियाशील सदस्यता अध्यावधिक नगराउने सबैलाई सहभागी हुन आह्वान गरिएको छ।
संस्थापन पक्षले क्रियाशील सदस्यता उत्साहपूर्वक अध्यावधिक भइरहेको दाबी गरिरहँदा इतरपक्षका नेताहरू भने समेटिएका छैनन्।
१४औँ महाधिवेशन ताका १५औँ का लागि नवीकरण भएकाको हकमा संस्थापनले अध्यावधिक गराउनुपर्ने उनीहरुको भनाइ छ । संस्थापनलाई दबाब दिन भेला आयोजना गरिएको शाहीले बताए।
