स्पेनविरुद्ध चम्किएका भोजिन्हालाई फलोअर्सको बाढी

काठमाडौं। विश्वकप २०२६ मा केप भर्डेका गोलकिपर जोसिमार डियास ‘भोजिन्हा’ले स्पेनविरुद्ध ऐतिहासिक प्रदर्शन गर्दै आफ्नो टोलीलाई ०-० को बराबरीमा रोक्ने सफल भए।

यो खेल केप भर्डेको विश्वकप इतिहासमै पहिलो खेल थियो र टोलीले पहिलो अङ्क पनि बटुल्न सफल भयो। खेलपछि भोजिन्हा अचानक अन्तर्राष्ट्रिय चर्चाको केन्द्र बनेका छन्।

खेलअघि करिब ४५ हजार इन्स्टाग्राम फलोअर्स मात्र भएका ४० वर्षीय गोलकिपरको फलोअर्स संख्या केही घण्टामै ५.३ मिलियनभन्दा माथि पुगेको छ ।

केप भर्डे जस्तो सानो टापु राष्ट्रका लागि ऐतिहासिक मानिएको खेलमा स्पेनले लगातार दबाब बनाए पनि गोल गर्न सकेन। स्पेनले २७ वटा प्रहार गरेको थियो, जसमध्ये ७ वटा गोलपोस्टभित्र थिए । तर भोजिन्हाले उत्कृष्ट बचाउ गर्दै क्लिनसिट कायम राखे।

खेलमा उनी ‘म्यान अफ द म्याच’ समेत घोषित भए । यससँगै उनी विश्वकप इतिहासमा क्लिनसिट राख्ने सबैभन्दा पाका गोलकिपरमध्ये एक बनेका छन् ।

खेलपछि पत्रकारहरूसँग कुरा गर्दै उनले अचानक बढेको लोकप्रियताबारे छोटो प्रतिक्रिया दिएका थिए। उनले भने, “क्रेजी।

यस प्रदर्शनले केप भर्डेलाई समूह चरणमा ऐतिहासिक सुरुआत दिलाएको छ भने उपाधि दाबेदारमध्ये एक मानिएको स्पेनका लागि भने ठूलो झट्का लागेको छ।