खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने युवक लागुऔषध सहित पक्राउ

काठमाडौं । दाङको तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ परेका छन् ।

जिल्ला दाङ, तुलसीपुर उपमहानगरपालिका-२ भंके बस्ने २४ वर्षीय रमेश ठाडा मगरले तीन महिना अघि एक युवतीलाई जङ्गल क्षेत्रमा लगेर खुकुरी देखाई डर–धम्की दिँदै कुटपिट गरेको भिडियो मङ्गलवार बेलुका ८ः३० बजे आफ्नै फेसबुक आईडीमार्फत सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

भिडियो सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले मङ्गलवार १०ः४० बजे उनकै घरबाट लागुऔषध Pregamax १ ट्याब्लेट, Trohmo ४१ ट्याब्लेट, Antikop २ ट्याब्लेट रल्ष्तचबशयजm ५ ट्याब्लेटसहित पक्राउ गरेको हो ।

प्रहरीले सोहि क्रममा तुलसीपुर– २ बालापुर बस्ने २१ वर्षीय जीवराज खत्रीलाई समेत नियन्त्रणमा लिएको छ । उनीहरूमाथि प्रहरी थप अनुसन्धान गरिरहेको छ।