संसद्मा हर्क साम्पाङले खोजे रक्षामन्त्री

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष त हर्कराज साम्पाङले रक्षामन्त्रीलाई प्रतिनिधि सभामा उपस्थित गराउन सभामुखसँग माग गरेका छन्।

उनले सुस्ता क्षेत्रसँग सम्बन्धित सीमा विवादको विषयमा जवाफ दिन प्रतिनिधि सभामा रक्षामन्त्रीको उपस्थिति खोजेका हुन् । उनले भने, ‘यस बेला नेपालका रक्षामन्त्री कहाँ छन्रु प्रधानमन्त्रीज्यू आउनुहुन्न भने अब रक्षामन्त्रीलाई बोलाइदिनुस् ।सभामुख महोदयले रुलिङ गरेर रक्षामन्त्री ल्याइदिनुपर्‍यो । हामी दुई–चार वटा प्रश्न सोध्न चाहन्छौँ।

साम्पाङले नवलपरासीस्थित सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल ९एसएसबी० का सुरक्षाकर्मीहरू नेपाली भूभागमा आएको र स्थानीय नेपालीमाथि दुर्व्यवहार गरेको बताए।

उनले भने, ‘सुस्तामा भारतीय सशस्त्र सीमा बल आएर नेपाली दाजुभाइहरूमाथि हप्कीदप्की गरेको र नेपाली दाजुभाइहरू आफ्नो भूमिका लागि लड्दै गरेको भिडियो आएका छन्।