रवि लामिछानेमाथि लगाइएका सहकारी ठगीबाहेकका सबै मुद्दा अदालतबाट फिर्ता
काठमाडौं । काठमाडौं जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी कसुर फिर्ता लिन अनुमति दिएको छ । अदालतका न्यायाधीश आत्मदेव जोशीको इजलासले सङ्गठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएको हो ।
इजलास अधिकृत संझना पौडेलले लामिछानेको मागअनुसार सङ्गठित अपराधको मुद्दा फिर्ता लिन आदेश भएको जानकारी दिइन् । यसअघि अदालतले लामिछानेविरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दा पनि फिर्ता लिने निर्णय गरेको थियो । रविमाथि लगाइएका सहकारी ठगीबाहेकका मुद्दा सबै अदालतबाट फिर्ता भएको छ।
