पहिरोले बाजुराको बुढीगंगा नदी थुनिदै, स्थानियलाई खतरा

बाजुरा, असार २७ ।बाजुराको त्रिबेणी नगरपालिका ९ पैमाबाट खसेको पहिरोका कारण बुढीगंगा नदि थुनिने खतरा बढ्दै गएको छ । बुढीगंगा नदीमा दिनप्रतिदिन पानीको बहाव बढ्दै जानु र पैमाबाट निरन्तर पहिरो खस्न थालेपछि बुढी गंगा नदि थुनिने खतरा बढेको हो । बुढिगंगा नदि पहिरोका कारण थुनिने खतरा बढेपछि बाजुराको ताप्रीसेरा, बाम्काबजार र अछामको बुढा बगर र साँफेवगर सम्म जोखिम्मा परेको छ ।

बर्षात सँगै बुढिगंगा नदिमा पानि बढदै जानु र त्रिबेणी नगरपालिका ९ पैमा गाँउ तल बाट पहिरो झर्न शुरु भएपछि नदि थुनिने खतरामा रहेको त्रिबेणी नगरपालिका नगर प्रमुख रामसिंह रावलले बताएका छन् ।

गएको बर्ष देखि उक्क्त ठाँउमा पहिरो बग्न थालेको हो । हिउँदको समयमा पनि पहिरो बगेपनि खासै असर थिएन् । बर्षातमा पानि बढने भएपछि द्धवारीमा बुढिगंगा नदि थुनिन खतरामा रहेको स्थानिय बासिले संकर पाध्यायले बताएका छन् । लगातार पहिरो बढदै गएपछि र ठुला ढुङ्गा बिचमा आएर अडकिएपछि जतिबेला पनि नदि थुनिन सक्ने खतरा रहेको स्थानीयले बताएका छन् । नदि थुनिने जोखिम बढेपछि स्थानियलाई बस्न र आवत जावतमा समेत समस्या भएको स्थानीयले बताए ।

बुढीगंगा नदि थुनिने खतरा बढेसँगै नजिकै रहेको खेतियोग्य जमिन, झुलंगे पुल र साँफे मार्तडी सड्क खण्ड पनि उच्च जोखिममा रहेको छ ।
पहिरोका वारीतिर रहेको साँफे मार्तडी सड्क खण्ड गएको बर्ष बर्षातको तिन महिना अबरोध भएको थियो । उताबाट पहिराले नदिले साघुरो बनाउदै गएको छ, अर्को भागमा नदिले कटान गर्दै गएपछि जुनसुकै बेला पनि साँफे मार्तडी सड्क बन्द हुन सक्ने र यसका लागी सडक डिभजन कार्यालय अछामलालाई जानकारी गराईसकेको सडकहरु अबरुद्ध भएको खण्डमा डिभिजन कार्यालय तैनाथ रहन निदेर्शन दिएको प्रमुख जिल्ला अधिकारी गंगाप्रशाद न्यौपानेले बताए ।

नदि थुनिने खतरा सँगै बाजुराको ताप्रिसेरा, अछामको बुढाबगर, साँफेबगर लगायत ठाँउ जोखिममा रहेका छन् । त्यो सँगै पहिरो सँगै जोडिएको गाँउ पैमा पनि उक्क्त जोखिममा रहेको बडीमालिका मन्दीरका पुजारी भानुभक्त पाध्यायले बताए । खेतियोग्य जमिन सबै गएको बर्ष पहिराले बगाइसकेको उहाले बताउनुभयो । बर्षात मात्र नभई हिउँदको महिनामा पनि पहिरो बग्दै आएको थियो ।