नेपालमा थप ४३६९ जनामा कोरोना संक्रमण पुष्टि,थप ६,२०५ जना संक्रमणमुक्त

काठमाडौं,जेठ १६।नेपालमा थप ४ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ९८६ जनाको पिसिआर र १ हजार ७८४ जनाको एन्टीजेन परीक्षण गर्दा ३ हजार ७०२ जना र एन्टीजेटमाफर्त ६६७ जना संक्रमित पुष्टि भएका हुन्।

 

 

देशभर एक लाख ८ हजार ८९७ जना संक्रमित रहेका छन्। तीमध्ये ७ हजार ५६३ जना संस्थागत र एक लाख १ हजार ३३४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 

 

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर १०९ जना संक्रमितको मृत्यु भएको छ। आज ६ हजार २०५ जना संक्रमित निको भएका छन्। देभभर ७६३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।