कोरोना संक्रणबाट श्रीमानको मृत्यु, कुरुवा बसेकी श्रीमतीले गरिन् आत्महत्या

सांकेतिक तस्विर

काठमाडौ,जेठ १६। डडेल्धुरामा कोरोनाबाट श्रीमानको मृत्यु भएपछि श्रीमतीले आत्महत्या गरेकी छन् । अस्पतालमा कुरुवा बसेकी श्रीमतीले आत्महत्या गरेकी हुन् ।

 

 

डडेल्धुरा अस्पतालमा उपचाररत बाजुराको खप्तड छेडेदह—७ का सुरेश कठायतको कोभिड—१९ संक्रमणबाट मृत्यु भएपछि उनकी श्रीमतीले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

 

 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले अस्पतालमा उपचारको क्रममा कठायतको मृत्यु भएको केही घण्टापछि उनकी श्रीमती सरिताले आत्महत्या गरेको जानकारी दिए।

 

 

कठायतलाई कोभिड संक्रमण पुष्टि भएपछि बाजुराबाट थप उपचारका लागि जेठ २ गते डडेल्धुरा ल्याइएको थियो ।