शिक्षा र स्वास्थ्य माफियाको संरक्षण गरे भण्डाफोरसहित सशक्त सङ्घर्षमा उत्रने अध्यक्ष हरिकृष्ण गजुरेलद्धारा जारी विज्ञप्ति मार्फत चेतावनी

काठमाडौं,जेठ १६। नेकपा क्रान्तिकारी माओवादीको निकट अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयले गरेका विभिन्न गलत निर्णयहरुका विरुद्ध र शिक्षा– स्वास्थ्य माफियाहरुको संरक्षण गर्ने कार्यमा ओली सरकार लागेको आरोप लगाएका छन्। 

 

 

 त्यस्तै शिक्षा र स्वास्थ्य क्षेत्रमा संलग्न माफियाहरूकाे भण्डाफोरसहित सशक्त सङ्घर्ष गर्ने संगठनले आज एक प्रेस विज्ञप्ति मार्फत चेतावनी दिएको छ।  

 

त्यस्तै कर्मचारीहरुलाई नि:शुल्क उपचारको व्यवस्था र सबै शिक्षक, विद्यार्थी एवम् कर्मचारीहरुको नि:शुल्क पीसीआर टेस्टका साथै निस्शुल्क एवम् सर्वसुलभ खोपको व्यवस्थासमेत गर्नका लागि सरकारसंँग जोडदार माग गरिएकाे छ ।

 

 

 त्यस्तै संगठनले बी एण्ड सी मेडिकल कलेज प्रस्तावितलाई नेपाल सरकारको ठाडो आदेशमा राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट सम्बन्धन दिने षड्यन्त्र भएको हुँदा यथाशीघ्र उक्त षड्यन्त्रपूर्ण कार्यलाई रोकी यस्ता सम्बन्धनहरु दिँदा नीति, विधि, प्रक्रिया एवम् नियमसङ्गत ढङ्गले दिने व्यवस्था गर्न अध्यक्ष हरिकृष्ण गजुरेलद्धारा जारी प्रेस विज्ञप्ति मार्फत चेतावनी दिएकाे छ।

प्रेस विज्ञप्ति-

त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको परीक्षा फाराम यही २०७८ जेठ मसान्तभित्र भरिसक्नुपर्ने सूचना जारी गरेकोमा हाम्रो सङ्गठन अखिल (क्रान्तिकारी) उक्त निर्णय समयसापेक्ष र व्यावहारिक नभएको जानकारी गराउन चाहन्छ।

 

 

कोभिड–१९ को दोस्रो लहरका कारण सिङ्गो मुलुक नै आक्रान्त बनिरहेको अवस्थामा हचुवाको भरमा निर्णय गरिएको र +२ पास गरेका विद्यार्थीहरुको रजिष्ट्रेसन नम्बर नआएका कारण ती विद्यार्थीहरुलाई अविलम्ब रजिस्ट्रेसन नम्बर उपलब्ध गराई वर्तमान अवस्थालाई मध्यनजर गरी परीक्षा फाराम भर्ने वातावरणसहित परिस्थितिलाई आत्मसाथ गरी आवश्यकतामा फाराम भर्ने मिति थप गरियोस् ।

 

त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरुमा अनलाइन कक्षा सञ्चालन भए तापनि प्रभावकारी हुन नसकेको अवस्थामा समेत पुरै शुल्क लिइरहेको हुँदा लिइएको शुल्क अविलम्ब फिर्ता गरी आगामी दिनमा भौतिकरुपमा कक्षा सञ्चालन नगरिँदासम्म शुल्क नलिन अनुरोध गर्दछौं ।

 

 

अन्यथा, शुल्क लिएमा कारवाही गर्ने चेतावनीसमेत दिन चाहन्छौं । त्यसैगरी, विश्वविद्यालयमा षड्यन्त्रपूर्ण ढङ्गले आन्तरिकरुपमा भइरहेका र हुने गरेका नियुक्ति बदर गरी स्वस्थ प्रतिस्पर्धाको आधारमा नियुक्तिको व्यवस्था गरियोस् ।

 

 

कोभिड–१९ बाट मृत्यु भएका शिक्षक, विद्यार्थी र कर्मचारीहरुका परिवारलाई अविलम्ब उचित राहतको व्यवस्था गरियोस्।

 

त्यस्तै, कोभिड–१९ बाट प्रभावित भई उपचाररत शिक्षक, विद्यार्थी र कर्मचारीहरुलाई निःशुल्क उपचारको व्यवस्था र सबै शिक्षक, विद्यार्थी एवम् कर्मचारीहरुको निःशुल्क पीसीआर टेस्टका साथै निःशुल्क एवम् सर्वसुलभ खोपको व्यवस्थासमेत गरियोस् भनी अपिल गर्दछौं ।

 

यसैगरी झापास्थित बी एण्ड सी मेडिकल कलेज (प्रस्तावित)लाई नेपाल सरकारको ठाडो आदेशमा राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट सम्बन्धन दिने षड्यन्त्र भएको हुँदा यथाशीघ्र उक्त षड्यन्त्रपूर्ण कार्यलाई रोकी यस्ता सम्बन्धनहरु दिँदा नीति, विधि, प्रक्रिया एवम् नियमसङ्गत ढङ्गले दिने व्यवस्था गरियोस् ।

 

 

अन्यथा, शिक्षा र स्वास्थ्य माफियाको संरक्षण गर्ने कार्य भएमा नेपाल सरकार र सम्बन्धित पक्षको भण्डाफोरसहित सशक्त सङ्घर्षमा उत्रने चेतावनीसमेत दिन चाहन्छौं ।

                                                                           क्रान्तिकारी अभिवादनसहित !

……………………
हरिकृष्ण गजुरेल
अध्यक्ष

 

 

प्रेस विज्ञप्ति-