नेपालमा थप ५३१६ जनामा कोरोना संक्रमण पुष्टि,थप ७३१६ जना डिस्चार्ज,१०१ जनाको मृत्यु

काठमाडौं,जेठ १९। नेपालमा थप ५ हजार ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट परीक्षण भएकामध्ये ४ हजार ५२४ र एन्टिजेन विधिबाट भएका परीक्षणमा ७९२ जनामा संक्रमण देखिएको छ ।

 

 

यस्तै थप ७ हजार २१९ जना कोरोना संक्रमित आज डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार आज १०१ जनाको मृत्यु भएको छ ।