नेपाली बजारमा सुनको मूल्य घट्यो

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले घट्दा चाँदीको १० रुपैयाँले महँगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका गत बुधबार बजारमा प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार २०० रुपैयाँले सस्तिँदै ९० हजार ८०० रुपैयाँ कायम भएको हो ।

 

 

यस्तै, यता चाँदी गत बुधबारको मूल्यमा १० रुपैयाँले बृद्धि हुँदै आज एक हजार २०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । गत बुधबार बजारमा चाँदी तोलामा १० रुपैयाँले नै सस्तिँदै एक हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।