नेपालमा थप २३८ जनामा कोरोना संक्रमण पुष्टि,थप ५ जनाको मृत्यु

काठमाडौं ।नेपालमा थप २३८ जनामा कोरोना भाइरस कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६ हजार ७९७ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा २३८ जनामा संक्रमण पुष्टि भएको हो ।

 

 

 

पछिल्लो २४ घण्टामा थप ३९२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।