बाजुरामा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु

सांकेतिक तस्विर

काठमाडौं। बाजुरामा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सदरमुकाम मार्तडी देखि जडाङगा जादै गरेको अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

 

 

बडीमालिका नगरपालिकाको सुवा कादमा भएको अटो दुर्घटना मत्यु भएकाहरुको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सो दुर्घटनामा अन्य २ जना घाइते भएका छन ।

 

 

अटो सडकबाट दुई सय मिटर तल बुढीगंगा नदिमा खसेको जिल्ला प्रहरीले जनाएको छ ।

 

 

दुर्घटनाका बारेमा थप विवरण आउन बाकी रहेको र अहिले ट्राफिक प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।