प्रहरीको बीस वर्षदेखि एउटै प्रस्ताव, सरकारको बेवास्ता

काठमाडौंं। नेपाल प्रहरीले सरकारसँग बीस वर्षदेखि दोहोर्‍याएर एउटै प्रस्ताव राख्दा पनि बेवास्ता गरेको छ।

 

भारतबाहेकका अन्य मुलुकमा पनि प्रहरी सहचारी खटाउन प्रस्ताव गरेको भए पनि सरकारले त्यसलाई बेवास्ता गरेको छ।

 

 

नेपालीको बढी उपस्थिति रहेको मुलुकमा प्रहरीले सहचारीको व्यवस्था गर्न माग गर्दै आएको छ। २०६७ सालदेखि निरन्तर रूपमा प्रहरीले सहचारी राख्न माग गरेको हो नेपालमा अपराध गरेर विभिन्न मुलुकमा लुक्न जाने र त्यहाँबाट पक्राउ गरी ल्याउन सहज हुने भएकाले सहचारीको व्यवस्था गर्न माग गरेको हो।

 

 

प्रहरी प्रधान कार्यालयले सो प्रस्ताव अघि बढाएको भए पनि गृह मन्त्रालय त्यसलाई प्राथमिकतामा राखेको छैन। रमेश चन्द ठकुरीकै समयमा सहचारीको माग गरिएको थियो।

 

 

 

त्यसलाई तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले पनि निकै जोड गरेका थिए। तर अहिलेसम्म सरकारले सुनुवाइ गरेको छैन।

 

 

‘हामीले अहिले पनि सरकारसँग प्रहरी सहचारी राख्न माग गरेका छौं,’ एसएसपी वसन्तबहादुर कुँवरले भने।

 

 

उनका अनुसार प्रहरी प्रधान कार्यालयले अन्तरदेशीय प्रकृतिका अपराधको सहज अनुसन्धान र नियन्त्रणका लागि ६ देशमा प्रहरी कन्सुलर राख्न नेपाल प्रहरीले पुनः प्रस्ताव गरेको जनाएको हो।

 

 

मलेसिया, कतार, साउदी अरब, चीन, बंगलादेश र संयुक्त अरब इमिरेट्स ९युएई०मा प्रहरी सहचारी खटाउन प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई पत्राचार गरेको छ।

 

 

त्यस्तै, संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिको कार्यालयमा पनि सहचारी खटाउन प्रस्ताव गरिएको छ।

 

 

यसअघि एसपीलाई व्यवथापन गर्नका लागि प्रस्ताव गरिएको थियो तर अहिले एसएसपीलाई व्यवस्थापन गर्नका लागि नेपाल प्रहरीले सहचारी खटाउने प्रस्ताव गरेको हो।

 

 

 

भारतमा अहिले नेपाल प्रहरीको एसएसपी तहको दरबन्दी रहेको छ। श्रम सहचारी भएको भए दुबई, साउदी अरब, कतारलगायत मुलुकमा लुकेर रहेका अपराधी ल्याउन सहज हुने प्रहरीको दाबी छ।

 

 

 

केही दिनअघि मात्रै युइई लुकेर बसेका सुन तस्करमा संलग्न रहेका कृष्णगोपाल अग्रवाल, पोखरामा हत्या अभियोग लागेको एक व्यक्ति पक्राउ गरेर नेपाल ल्याएको थियो।

 

 

 

प्रहरीका अनुसार अपराध गरेपछि विश्वका जुनसुकै कुनामा पुगे पनि उन्मुक्ति पाउन सम्भव हुँदैन भन्ने कुरालाई स्थापित गराउन पनि प्रहरी सहचरीको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको प्रहरी प्रवक्ता कुँवरको भनाइ छ। नागरिकबाट,