नेपाल विदेशी शक्ति राष्ट्रको क्रिडास्थल बन्यो: कमल थापा

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल विदेशी शक्ति राष्ट्रको क्रिडास्थल बन्न थालेको बताएका छन्।

 

 

काठमाडौँमा सोमबार राप्रपा नेपालका युवाहरुलाई सम्बोधन गर्दै अध्यक्ष थापाले लोकतन्त्र स्थापनाको १६ वर्षमा देशको अवस्था फर्केर पुरानै अवस्थामा आइपुगेको बताए।

 

 

उनले पछिल्लो समय देशको राजनीति केही राजनैतिक दलका नेताहरुको कब्जामा रहेको आरोप लगाए।

 

 

अध्यक्ष थापाले देशलाई आफ्नो मुठीमा लिएका केही नेताहरुले सर्वसत्तावाद लाद्न थालेको आरोप लगाए।

 

 

दलका नेताहरुका कारण राष्ट्रियतासमेत खतरामा परेको उनले बताए।

 

 

कमजोर बनिरहेको राष्ट्रियतामा विदेशी शक्ति केन्द्रको चलखेल र प्रभाव बढिरहेको उनको भनाइ छ।

 

 

 

अध्यक्ष थापाले नेपालमा धर्म परिवर्तन डढेलो जसरी फैलिरहेको बताए। यसले नेपालीको एकताको आधार भत्काउन थालेको उनको भनाइ छ।