फेरि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको हो।

 

 

सोमबार प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार ९४ हजार २०० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

 

 

तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैयाँ तोकिएको छ। सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ थियो।

 

 

यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार १५० रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोबार भएको थियो।