सीटीईभीटीको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्छुः डा. गोविन्द केसी

काठमाडौं। अर्थतन्त्रमा संकुचन आएकै बेला सीटीईभीटीले शुल्क चर्को रुपमा बढाएको भन्दै डा. गोविन्द केसीले शुल्क नघटाए आन्दोलनको चेतावनी दिएका छन्।

चर्को मूल्यवृद्धि फिर्ता नभए कडा आन्दोलन गर्ने दाबी गरेका केसी यसअघि पनि चिकित्सा शिक्षामा सुधार र विभिन्न माग राखेर आन्दोलन गर्दै आएका व्यक्ति हुन्।

अर्थतन्त्रमा आएको संकुचनका कारण नागरिकहरु समस्यामै परेको बेला सीटीईभीटीले चर्को मूल्यवृद्धि गरेको भन्दै केसीले यस्तो चेतावनी दिएका हुन्।

एकै वर्षमा २५–३० प्रतिशत शुल्क बढ्दा त्यसले विद्यार्थी र अभिभावकहरुको ढाड सेक्ने निश्चित भएको उनको ठहर छ।सीटीईभीटीले केहिदिन पहिले मात्रै शूल्क वृद्धि गरेको सूचना जारी गरेको थियो।