सुन तस्करीसँग कर्मचारीको नै मुख्य मिलेमोतो हुन्छ : नेता वामदेव गौतम

फाइल तस्वीर

काठमाडौं। राष्ट्रिय सभाका सदस्य तथा नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले सुन तस्करीमा राजनीतिक संलग्नता हुने भन्ने आरोपमा कुनै सत्यता नभएको दाबी गरेका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने,सुन तस्करीमा राजनीतिक संलग्नता हुँदैन। यो गलत कुरा हो। कति ठाउँ बलात्कार हुन्छ ?

राजनीतिक संलग्नता हुन्छ त? कति ठाउँमा चोरी हुन्छ?अनि के राजनीतिक संलग्नता हुन्छ? कति ठाउँ बाटाघाटामा मानिसहरु मार्दै हिँड्छन् त्यहाँ राजनीतिक संलग्नत हुन्छ त? सबै ठाउँमा संलग्नता हुन्छ ? जब तथ्यले के भन्छ,त्यो हेर्नुपर्छ।

हरेक दलका नेताहरु त्यहाँ उपस्थित भएका छन्रु कमचारीमात्रै उपस्थित छन्। राजनीतिक संलग्नता भएको भए उनीहरुले भन्लान् नि।

उननले आफू गृहमन्त्री हुँदा सुन काण्ड नभएको पनि दाबी गरे। उनले भने,म पहिलोपटक ०५४ सालमा गृहमन्त्री भएँ, म मन्त्री हुँदासम्म सुन काण्ड भएन। सुन काण्ड पछि उब्जियो। मन्त्रीबाट हटेपछि उब्जियो।

बरु म सरकारमै भएको बेला मलाई कसरी हटाउने भनेर पार्टीभित्र र बाहिरबाट धेरै आवाजहरु उठाइए। र, अन्तिममा मलाई त्यही शक्तिले सरकारबाट हटायो,म त्यो बेला ७ महिनामात्रै मन्त्री भएको हुँ।

राजनीतिक नेतृत्वको संलग्नताबिना यत्तिको मात्रामा सुन भित्रिन सक्छ त? भन्ने प्रश्नमा उनले यसको विषयमा गम्भीर छानबिनको आवश्यकता रहेको बताए।

उनले भने, ‘जाँच पड्ताल गर्दै जाँदा लहरो तान्दाखेरि पहरो गर्जनेजस्ता हाम्रा उखानहरु छन्, त्यस्तो भयो भनेमात्रै मन्त्री पनि प्रधानमन्त्री पनि को–को हो तानिने स्थिति आउनसक्छ। नत्र भने त्यहाँ खटिएका कर्मचारीहरु नै मुख्य रूपमा दोषी हुन्छन्। छानबिन सुष्म हुनु जरू पनि छ।