लुम्बिनी प्रदेशका धार्मिक तथा पर्यटकीय गन्तव्यलाई पर्यटन हब बनाउन सबैले भूमिका निर्वाह गरौं: मन्त्री पाण्डेय

फाइल तस्वीर

काठमाडौं। लुम्बिनी प्रदेशलाई पर्यटनको प्रदेश बनाउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बेला आएको आन्तरिक मामिला तथा सञ्चार मन्त्री सन्तोष कुमार पाण्डेयले बताउनु भएको छ। उहाँले पर्यटकहरूलाई आवातजावतमा सहजता प्रदान गर्दै उनिहरूलाइ पैसा खर्च गर्ने वातावरण निर्माण गर्नुपर्ने बताउनु भयो।

सिद्धार्थ सञ्जाल रुपन्देहीको प्रथम साधारण सभा तथा अधिवेशनको भैरहवामा उद्घाटन गर्नुहुँदै मन्त्री पाण्डेयले सरकारले पर्यटन सम्बन्धी नीति निर्माण गर्ने वातावरण सृजना गर्न निजी क्षेत्रले पहल गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो,मर्यादा मात्र खोजेर हुँदैन,सामूहिक प्रयासले नै राष्ट्रको विकास गर्न सकिने वातावरण बनाउन सबैले प्रयास गर्नुपर्छ।

उहाँले भन्नु भयो निर्वाचनमा मात्र दलहरूले गौतमबुद्ध र अन्तर्राष्ट्रिय विमानस्थलको बारेमा घोषणापत्रमा समावेश गर्ने गरे पनि सबै नारामा मात्र सिमित हुने गरेको बताउनु भयो।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँचवटा अन्तर्राष्ट्रिय उडान हुन्छ भने कम्तीमा एउटा अन्तर्राष्ट्रिय उडान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनुपर्ने मन्त्री पाण्डेले जोड दिनुभयो।

हामीले प्रदेश सरकारको तर्फबाट संघीय सरकारसँग एउटा भएपनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुनुपर्ने भन्दै पहल गरिरहेको मन्त्री पाण्डेले बताउनुभयो।

त्यस्तै भारतीय पर्यटकले नेपालमा आउँदा भारु २५ हजार मात्रै ल्याउने नियम व्यवहारिक नभएको र यो विषयमा अर्थमन्त्रीसँग कुरा राखिसकेको मन्त्री पाण्डेयले बताउनु भयो।

पर्यटनको माध्यमबाट श्रीलंकाको आर्थिक अवस्था सुधार भएको मन्त्री पाण्डेयले उदारण समेत दिनुभयो। त्यसैले पर्यटकलाई विभिन्न ठाउँमा जरिवाना र करका नाममा सास्ती दिन नहुँने र बरु नेपालमा आएका पर्यटकलाइ बढी भन्दा बढी खर्च गर्ने वातावरण निर्माण गर्नु पर्ने बताउनुभयो।

उहाँले लुम्बिनीलाई केन्द्र बिन्दुमा राखेर प्रदेशलाई पर्यटनको हबको रूपमा स्थापित गर्नको लागि सबै क्षेत्र लाग्नुपर्नेमा जोड दिनुभयो। लुम्बिनी प्रदेशका १२ जिल्लालाई फरक फरक हिसाबले पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नु पर्ने मन्त्री पाण्डेले बताउनु भयो।

पर्यटन विकासको लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको र आन्तरिक पर्यटन प्रवर्द्धन गर्दा प्रदेशको आर्थिक विकासमा महत्पूर्ण योगदान हुन सक्ने मन्त्री पाण्डेले बताउनु भयो।

त्यस्तै नेपालका सात प्रदेश मध्ये ५ औं नम्वरमा रहेको यस प्रदेशको नामाकरण भएको छ र नामाकरण यही शान्ति भुमि पवित्र स्थल लुम्बिनीको नामबाट राखिएको छ।

यस प्रदेशमा १२ वटा जिल्ला रहेका छन्। १२ वटै जिल्ला पर्यटनका दृष्टिले महत्वपूर्ण रहेका छन्। रमणिय स्थलहरुले भरिएको यस प्रदेश पर्यटनको हिसावले सबैभन्दा अगाडी रहेको देखिन्छ।

हिमाल, पहाड र तराई मिलेर वनेको यस प्रदेशमा पर्यटन विकासका लागि ठोस रुपमा केन्द्र ,प्रदेश तथा स्थानिय सरकारहरुले काम भने गर्न सकेका छैनन्।

पवित्र स्थल शान्ति भुमि लुम्बिनी आउनेहरुका लागि यस प्रदेशमा रहेका महत्वपूर्ण पर्यटकीय स्थलका बारेमा जानाकारी भएमा वुद्ध जन्म स्थलसगै अन्य स्थलको भ्रमणमा पनि जोडिन सकिन्छ।

साविको लुम्बिनी अञ्चल पर्यटनको केन्द्रका रुपमा परिचित छ। यहाँका ६ जिल्लाको ऐ्तिहासिक महत्व सँगै पर्यटन गन्त्यब्यहरुको पहिचान र विकास गर्न प्रदेश सरकार अग्रसर हुदै आएकाे छ।

रुपन्देहीको वुद्धजन्मभुमी लुम्बिनी होस् वा उनको मावली स्थल देवदह अन्तराष्ट्रिय महत्वका केन्द्र हुन। रुपन्देहीमा ऐतिहासिक तालहरुका अतिरिक्त अन्य पर्यटकीय स्थलहरुले समेत स्वदेशी तथा विदेशी पर्यटकको ध्यान खिच्ने गर्दछ।

बुटवलको जीतगढी किल्ला, मणिमुकुन्द सेन उद्यान (बुटवल फुलवारी) रामापिथेकशको दाह्रा भेटिएको स्थल तथा सिद्धबाबा धामले यहाँको महत्वलाई थप माथि उठाएको छ।

त्यस्तै पर्रोहाको ऐतिहासिक सैनामैना गाउँ तथा पर्रोहा वोलवमधाम, नयाँ गाउँमा रहेको मुक्तिनाथ धाम ,रुपन्देहीकै गजेडी ताल यहाँका महत्वपूर्ण स्थल मानिन्छन।

पर्यटकीय दृष्टिकोणले नवलपरासी पनि अग्रस्थानमा रहेको छ। नवलपरासीको त्रिवेणी, दाउन्ने, लगायतका स्थल महत्वपूर्ण मानिन्छन।

त्यस्तै पाल्पा जिल्लामा ए्तिहासिक रानीमहल, श्रीनगर डाँडा, कपिलवस्तुका विभिन्न पर्यटकीय स्थलहरुको पहिचान सहित संरक्षण गरेमा पर्यटनको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वासमा यस क्षेत्रका सरकारी निकायदेखि नीजि क्षेत्रमा काम गर्ने सरोकारवाला निकायहरूकाे विश्वस रहेकाे बुझिन्छ।  

लुम्विनी आउने पर्यटकहरुलाई लुम्विनीका सबै जिल्लामा पुग्ने खालको वातावरण सिर्जना गर्न एकीकृत योजनाको खाँचो रहेकोमा स्थानीय बासिन्दाहरुले जोड दिदै आएका छन्।