टी-२० विश्वकप छनोट: सिंगापुरले दियो नेपाललाइ १ सय ४६ रनको लक्ष्य

फाइल तस्बिर

काठमाडौं। सन् २०२४ मा आयोजना हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा सोमबार आयोजक राष्ट्र नेपालले सिंगापुरबाट जितका लागि एक सय एक सय ४६ रनको लक्ष्य पाएको छ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको सिंगापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४५ रन बनाएको हो । सिंगापुरका लागि ओपनर ब्याट्सम्यान रोहन रंगराजनले सर्वाधिक ४५ रन बनाएका थिए।

पाँचौँ नम्बरका ब्याट्सम्यान मनप्रित सिंहले पनि २४ रनको योगदान गरे। आर्यवीर चौधरीले टोलीको खातामा ३७ रन थपे । नवौँ विकेटका रूपमा पेभेलियन पर्किनुअघि उनले २६ बलमा पाँच चौका पनि हिर्काएका थिए । उनलाई अविनाष बोहराले करण केसीद्वारा क्याच गराएका थिए।

नेपाली टोलीका बलर अविनाष बोहराले तीन विकेट लिए। उनले चार ओभरमा एक मेडनसहित ४३ रन खर्चिए । करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले पनि दुई—दुई विकेट हात पारे। सन्दीपले चार ओभरमा १८ र करणले चार ओभरमा ३६ रन खर्चिए । गुल्सनले चार ओभरमा २१ रन खर्चिए।

सिंगापुरको पहिलो विकेट नेपाल बलर करण केसीले लिएका थिए। उनले पहिलो ओभरको दोस्रो बलमा सिंगापुरका ओपनर ब्याट्सम्यान अरित्रा दत्तलाई बोल्ड गरेका थिए। सिंगापुरको कप्तानसमेत रहेका दत्त खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए।

सिंगापुरको दोस्रो विकेट नेपालका अनुभवी स्पिनर सन्दीप लामिछानेले लिएका थिए। उनले सिंगापुरका तेस्रो नम्बरका ब्याट्सम्यान सुरेन्द्रन चन्द्रमोहनलाई ६ रनको व्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । सुरेन्द्रन आउट हुँदा सिंगापुरले ६।५ ओभरमा दुई विकेट गुमाएर ५२ रन बनाएको छ।

यसैगरी सिंगापुरको तेस्रो विकेट गुल्सन झाले लिएका थिए् । गुल्सनले क्रिजमा जमिसकेका सिंगापुरका ओपनर ब्याट्सम्यान रोहन रंगराजनलाई ४६ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । गुल्सनले रोहनलाई सन्दीप जोरामार्फत क्याच गराएका हुन् ।

प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका रोहनले ३० बलको सामना गरी एक छक्का र नौ चौका हिर्काएका थिए । रोहन आउट हुँदा सिंगापुरको टोलीले ७.१ ओभरमा तीन विकेट गुमाएर ५३ रन बनाएको थियो।

सिंगापुरको चौथो विकेट पनि गुल्सन झाले लिएका थिए। गुल्सनले सिंगापुरका अमत्र्या कौललाई शून्य रनमै पेभेलियन फर्काएका थिए। कौलको क्यान पनि गुल्सन आफैले लिएका थिए। गुल्सनले लिएको यो दोस्रो विकेट थियो। कौल आउट हुँदा सिंगापुरले ७.५ ओभरमा चार विकेट गुमाएर ५४ रन बनाएको थियो।

यसैगरी सिंगापुरको पाँचौँ विकेट सन्दीप लामिछानेले लिएका थिए । सन्दीपले सिंगापुरका जनक प्रकाशलाई सात रनको व्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका थिए।

जनकले सात बलको सामना गरी एक चौका पनि हिर्काएका थिए। सन्दीपले लिएको यो दोस्रो विकेट थियो। जनक आउट हुँदा सिंगापुर १०.२ ओभरमा पाँच विकेट गुमाएर ७० रन बनाएको थियो।

सिंगापुरको छैठौँ विकेट करण केसीले लिएका थिए । उनले सिंगापुरका ब्याट्सम्यान मनप्रित सिंहलाई कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए।

मनप्रितले पेभेलियन फर्किनुअघि २६ बलको सामना गरी तीन चौकाको मद्दतले २४ रन बनाएका थिए। करणले लिएको यो दोस्रो विकेट थियो । मनप्रित आउट हुँदा सिंगापुरले १६.३ ओभरमा ६ विकेट गुमाएर एक सय १८ रन बनाएको थियो।

सिंगापुरको सातौँ विकेट अविनाष बोहराले लिएका थिए। उनले सिंगापुरका ब्याट्सम्यान थिलिपन ओमाइदुराईलाई एक रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए। अविनाषले उनलाई सन्दीप जोरामार्फत क्याच गराएका थिए। उनी आउट हुँदा सिंगापुरले १७.२ ओभरमा एक सय २४ रन बनाएको थियो।

त्यसलगत्तै सिंगापुरकोअ आठौँ विकेट पनि अविनाष बोहराले नै लिएका थिए। उनले सिंगापुरका अनन्थ कृष्णलाई शून्य रनमा कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए। उनी आउट हुँदा सिंगापुरले १७।४ ओभरमा एक सय २४ रन बनाएको थियो।