हुम्लामा भारी हिमपात,जनजीवन प्रभावित

फाइल तस्वीर

हुम्ला। हुम्लाको सदरमुकाम सिमकोटमा आइतबारदेखि हिमपात भएको छ। आइतबारदेखि सुरु भएको यस वर्षको पहिलो हिमपातपछि अत्याधिक चिसोका कारण जनजीवन कष्टकर बनेको छ। आज (सोमबार) बिहानदेखि हिमपात भइरहेको छ।

अहिले त्यहाँ एक इन्च हिउँ जमिनमा जमेको स्थानियले जनाएको छ। चिसो बढेर तापक्रम माइनस तीन डिग्री सेल्सियसमा झरेको स्थानीयले बताएका छन्।

हिमपातसँगै बाक्लो कुहिरो लागेका कारण हवाई सेवा समेत अवरुद्ध भएको छ।