दोलखामा भूकम्पको धक्का

काठमाडौं । दोलखाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ४ बजेर ५८ मिनेट जाँदा दोलखाको हाटडाँडा आसपास केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो।

यही फागुन ४ गते बझाङ जिल्लाको परकाट्ने केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो।