सुनचाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार

काठमाडौं। आज बजारमा सुन चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन आज २ हजार रुपैयाँमा बढेर प्रतितोला एक लाख २१ हजारमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख २० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँमा बढेर प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।