सुन तस्करी गरेको आरोपमा दुई जना पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं । रसुवाको केरुङ नाका हुँदै सुन तस्करी गरेर काठमाडौँ ल्याएको आरोपमा दुई जना पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार साँझ काठमाडौँ महानगरपालिका–१८ नरदेवीबाट सुनसरीको इटहरी उपमहानगरपालिका–११ का २६ वर्षीय सुदीप विक र गोरखाको चुमनुब्री गाउँपालिका–६ घर भएका ३९ वर्षीय सोनाम दोर्जे लामालाई पक्राउ गरेको हो।

भन्सार छलेर रसुवाको केरुङ नाका हुँदै ल्याएको १२८.७ ग्राम सुन उनीहरुबाट बरामद भएको हो। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको छ।