राप्रपाका अध्यक्ष लिङ्देन र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र अमेरिकी राजदूत डेयन आर थमसनबीच भेटवार्ता भएको छ।

अध्यक्ष लिङ्देनलाई भेट्न राजदूत थमसन राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही पुगेका थिए।

अध्यक्ष लिङ्देन र राजदूत थमसनबीच आज ९बुधबार० बिहान शिष्टाचार भेटवार्ता भएको राप्रपाका एक नेताले जानकारी दिए।

भेटका अवसरमा द्विपक्षीय हितका विविध विषयमा सौहार्दपूर्ण छलफल भएको उनले बताए।