मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

फाइल तस्वीर

काठमाडौं । मुग्लिन-नारायणगढ सडकको तुइन खोला नजिकै पहिरो गएपछि एकतर्फी खुलेको राजमार्ग साँझ साढे ५ बजेदेखि दुईतर्फी खुलेको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार अहिले पहिरो पूर्णरूपमा हटाइएको छ । दुईतर्फी सडक खुलाउन आज आवागमन रोकेर काम गरिएको थियो।

रातको समयमा ढुङ्गा खस्ने जोखिमका कारण यातायात गत राति रोकिएको थियो। शुक्रवार साँझबाट अवरुद्ध भएको सडक आइतबार साँझमात्र एकतर्फी खुलेको थियो।