जेनजी फ्रन्टको प्रश्न-जवाफदेहीताको बलमा बनेको सरकारमा नातावाद कसरी सम्भव भयो ?

काठमाडौं। प्रधानमन्त्री सुशिला कार्कीको सचिवालयमा गरिएको नियुक्ति विवादमा परेको छ । प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले सचिवालयमा आफ्नी श्रीमतीसहित अन्य नातेदार नियुक्ति गरेको विषय बाहिर आएपछि चौतर्फी आलोचना भइरहेको छ ।

भ्रष्टाचार र नातावादविरुद्धको जेनजी आन्दोलनको जगमा बनेको सरकारको नेतृत्व गरिरहेकी प्रधानमन्त्री कार्कीको सचिवालयमा प्रमुख स्वकीय सचिव श्रेष्ठले सचिवालयमा आफ्नी श्रीमतीसहित अन्य नातेदार नियुक्ति गरेपछि विभिन्न जेनजी समुहले आपत्ति जनाएका छन् ।

यसैबीच रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले प्रमुख स्वकीय सचिव श्रेष्ठको तत्काल बर्खास्तीको माग गरेको छ । साथै फ्रन्टले नियुक्त गरिएका नातेदारको तत्काल पदमुक्ति र प्रधानमन्त्रीको स्पष्टिकरण माग गरेको छ ।

साथै फ्रन्टले सुशासन र जवाफदेहीताको नाराका बलमा बनेको सरकारमा पुनः नातावाद र कृपावादमा आधारित नियुक्ति कसरी सम्भव भयो रु भन्ने प्रश्न गर्दै प्रधानमन्त्री कार्यालयका तर्फबाट तत्काल स्पष्टीकरणसहित सत्यतथ्य जानकारीको माग गरको छ ।