पर्सा २ का नेकपा उम्मेदवार चौधरीसहित ४ जना पक्राउ
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा क्षेत्र नम्बर नं.२ का उम्मेदवार मनोज चौधरी पपक्राउ परेका छन्।
बडनिहार क्षेत्रमा नियमित सुरक्षा जाँच गर्ने क्रममा केही शंकास्पद वस्तु फेला परेपछि गाडीमा सवार चौधरीसहित चार जनालाई नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिसपी हरि बहादुर बस्नेतले चौधरीसहित चार जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए।
यसबारे थप अनुसन्धान भइरहेको र पत्रकार सम्मेलन गरी विस्तृतमा जानकारी दिइने पर्सा प्रहरीले जनाएको छ।
