आज र भोलि काठमाडौं-दुबई उडान हुँदै

काठमाडौं। नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई–काठमाडौं विशेष उडानको तयारी गरेको छ। यसले मध्यपूर्व तनावमा परेका नेपाली यात्रुलाई राहत हुने भएको छ।

मध्यपूर्व क्षेत्रमा बढ्दो तनावले विगत केही दिनदेखि उडान प्रभावित भएकोमा यात्रुलाई गन्तव्यमा पुर्‍याउन निगमले विशेष उडानको व्यवस्था गरेको हो । नेपाल वायुसेवा निगमले जारी गरेको सूचनामा आज राति ११ बजे काठमाडौं–दुबई उडान हुने भएको छ। यस्तै, दुबई–काठमाडौँ उडान भोलि स्थानीय समयअनुसार ४ बजेर १० मिनेटमा हुनेछ।

निगमले फेब्रुअरी २८ देखि मार्च ९ तारिखसम्म टिकट लिएर यात्रा गर्न नसकेका यात्रुले यो सेवा लिन सक्ने बताइएको छ। यसका लागि टिकट इमेलमार्फत पठाएर प्रमाणीकरण गराउन आग्रह गरिएको छ।

मध्यपूर्व तनावपछि संयुक्त अरब इमिरेट्स (यूएई), कतार, कुवेत, इरान, इराक, इजरायल,जोर्डन,लेबनान,बहराइनमा हवाई सेवा बन्द गर्ने निर्णयपछि नेपाली यात्रु पनि समस्यामा परेका थिए।