त्रिविसँग नयाँ एग्रिमेन्ट हुन्छ, टीयू क्रिकेट मैदान भत्किँदैन: सरकारका प्रवक्ता

काठमाडौं । सूचना तथा संचार प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले टीयू क्रिकेट मैदान र त्यहाँको संरचना नभत्काउने बताएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरुको जिज्ञासामा मन्त्री पोखरेलले त्रिभुवन विशवविद्यालयसँग नयाँ एग्रिमेन्ट हुने बताएका हुन् ।

उनले भने,आज बिहान मेरो त्रिविको उपकुलपतिसहितका पदाधिकारीसँग बैठक बसेको थियो । खाली गराउने उद्देश्य होइन, लिज सकिएकाले नयाँ एग्रिमेन्ट हुन्छ। भत्किँदैन।

यसअघि टीयू प्रशासनले ३५ दिनभित्र टीयू परिसरका संरचना हटाउन सूचना निकालेको थियो । त्यसपछि टीयू क्रिकेट मैदान भत्काइन्छ वा के हुन्छ भन्ने चौतर्फी चासोको विषय बनेको छ।