नेकपाले मंसिर ११ देखि १५ गतेसम्म महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ।

पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको केन्द्रीय कार्यसंयोजक समितिको बैठकले मंसिर ११ देखि १५ सम्म महाधिवेशन गर्ने निर्णय गरेको हो।

एक नेताका अनुसार महाधिवेशन काठमाडौंमा आयोजना हुनेछ। दुई दर्जन बढी वाम घटक मिलेर बनेको नेकपाले एकता महाधिवेशन गर्न लागेको हो।