क्यानडा पठाउने भन्दै २ करोड ५० लाख ठग्ने व्यक्ति पक्राउ
काठमाडौं। क्यानडा पठाउने भन्दै २ करोड ५० लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ परेका छन् । कैलालीको लम्कीचुहा नगरपालिका-६ का रामु चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार ४६ वर्षीय चौधरी काठमाडौँको चन्द्रागिरी नगरपालिका-५ मा बस्दै आएका थिए ।
उनी आकर्षक तलब र कामको लोभ देखाएर २६ जनाबाट २ करोड ५० लाख रुपैयाँ असुलेर सम्पर्कविहीन भएका थिए । अन्ततः पीडितले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको छ । पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
