यी ३० जनाको हस्ताक्षरसहित दावी गर्दै ,उपेन्द्र यादव पक्ष निर्वाचन आयोगमा

काठमाडौं। जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्षले हस्ताक्षरसहित पार्टीको आधिकारिकता दाबी गरेको छ।

 

आज निर्वाचन आयोग पुगेर उक्त समूहले ३० जनाको हस्ताक्षरसहित पार्टीको आधिकारिकता दाबी गरेको हो।

 

 

यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राउतलगायत शीर्ष नेताहरु आयोगमा पुगेका थिए।

 

 

आयोगले राजनीतिक दलसम्बन्धी दफा ५१ अनुसार विवरण अध्यावधिक गर्न अस्वीकार गरेपछि उपेन्द्र–बाबुराम पक्षले दफा ४३–४४ अनुसार आधिकारिकता दाबी गरेको हो ।